प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्छ : प्रधानमन्त्री

559
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन दलहरु बीच देखिने राजनीतिक समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा भन्दा अगाडि बोलेका कांग्रेस उपाध्यक्ष धनराज गुरुङले गठबन्धन सरकारमा समस्या आएको भन्दै आगामी चुनाव सम्म पनि गठबन्धन कायम राख्नुपर्ने बताएका थिए । गुरुङको सोही भनाइमा कांग्रेस सभापति देउवाले भने, ‘धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई सामान्य रुपमा लिनुपर्छ । तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’ एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै देउवाले गठबन्धन सरकारमा समस्या हुनु सामान्य भएको बताए ।

तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले दलहरु बीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भन्ने गरेको स्मरण गर्दै देउवाले सहमति र सहकार्यको कुरा अहिले पनि सान्दर्भिक रहेको बताए । मोरङको विराटनगरमा रहेको भवनलाई स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यो काममा सरकारले सहयोग गर्ने वचन पनि दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘मोरङ, विराटनगरमा एउटा उहाँको (गिरिजाप्रसाद कोइरालाको) भवन छ त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र ? हामी यसमा सहयोग र पहल गर्ने नै छौं ।’ प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयमा ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष स्व. नेता गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports