अर्थमन्त्री शर्मा बारे प्रश्न उठेपछि प्रचण्डले प्रधानमन्त्री र सभामुख सँग छलफल गर्ने
वि.सं.२०७९ असार २१ मंगलवार १५:१४
shares
sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;'? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t't ub}{ . tl:a/M /Tg >]i7÷/f;;
काठमाडौं ।अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटा सँग यसबारे छलफल गर्ने भएका छन् ।
बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मा माथि निरन्तर आलोचना हुन थाले पछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।
‘अर्थमन्त्री बारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्री सँग कुरा गर्छु भन्नु भएको छ,’ एक पूर्वस्थायी समिति सदस्यले भने, ‘बैठकमा यसबारे अरु केही छलफल भएन । धेरै कुरा पार्टीको संगठन निर्माण बारे नै भए।’
प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसद देखि सडक सम्म आवाज उठाइरहेको छ ।



































