एमाले सांसद लामाले मागिन प्रधानमन्त्रीको राजिनामा
वि.सं.२०७९ असार २३ बिहीवार १७:४०
shares

काठमाडौं । नेकपा एमालेकी सांसद नवीना लामाले प्रधानमन्त्रीको राजनीनामा मागेकी छन् । अर्थमन्त्रीको राजीनामा बाट उत्साही देखिएकी सांसद लामाले संसदको बिहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा मागेकी हुन् ।
“अर्थमन्त्री शर्माले चौतर्फी दवावपछि राजीनामा दिनुभएको छ । अनधिकृत व्यक्तिको प्रवेश गराएर निश्चित व्यापारिक घरानालाई पोस्ने गरी भएको काम सबैभन्दा ठूलो अपराध हो । देशद्रोह यसलाई नै भनिन्छ । प्रधानमन्त्रीको सल्लाह बिना उनी एक्लैले गरेको होइन भन्ने घाम जत्तिकै छर्लङ्ग छ,” लामाले भनिन्, “त्यो काम अर्थमन्त्री एक्लैले गरेको भए थाहा पाएकै दिन प्रधानमन्त्रीले कारबाही गर्नुपथ्र्यो, किन भएन । छानबिनका लागि सहयोग गर्न प्रधानमन्त्रीलाई राजीनामा दिन म आग्रह गर्दछु ।”
उनले अहिलेको समयकै सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार भएको भन्दै अर्थमन्त्रीको बचाउका लागि प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने उनको तर्क छ । ।

































