kumari
stcnepal

भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ गर्‍यो

काठमाडौं ।भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ । २८ असार देखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

नयाँ नियम पछि अब भारत बाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समिति बाट अनुमति लिनु पर्नेछ । गत ३० वैशाखमा गहुँको निर्यात रोके सँगै भारत बाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

पिठो लगायतका वस्तु निर्यातको निर्णय बुधबार गरेको पनि समाचारहरुमा जनाइएको छ । विवरणहरु अनुसार अघिल्लो वर्ष अप्रिलमा २६ हजार टन पिठो निर्यात भएकामा गहुँ निर्यातमा रोक लगाएपछि यस्ता वस्तुको निर्यात एक महनामै ९६ हजार टन पुगेको थियो ।

 

footer