प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुराको बुढीगंगामा एमालेका मेयर उपमेयर सहित १० वडा मध्येमा ७ बिजयी

546
shares

डोटी ।बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।

उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारीले ४७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३७५५ मत पाएकी छन् । नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ४, ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो । बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports