सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डलाई थप सुरक्षा, एमसीसी पास हुने

533
shares

 

काठमाडौं । यहि साउन १५ भित्रै संसदबाट एमसीसी पारित गर्ने सत्ताधारी पार्टीबीच सहमति भएपछि ओली सरकारका पालामा विरोधमा उभिएका प्रचण्डलाई सुरक्षा थ्रेट भयो भन्दै डीएसपीको नेतृत्वमा ६० जनाको सुरक्षा दस्ता खटाइएको छ । प्रचण्डलाई कुन तत्वले थ्रेट दियो, सरकारले खुलाएको छैन । थ्रेट गर्नेलाई पक्राउ र कारवाही गर्ने कि एकै व्यक्तिको सुरक्षामा ५ दर्जन सुरक्षाकर्मी खटाउने हो ? यसबाट पनि देउवा सरकारको कार्यक्षमता कति कमजोर छ भन्ने देखिन्छ ।
ओली सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्तावको बिरोधमा उभिएका प्रचण्ड सरकार परिवर्तन हुनासाथ के किन कस्तो कारणले एमसीसी तत्काल पास गर्ने सहमति गर्न पुगे, रहस्यमय बनेको छ । एमसीसी पारित गर्नकै लागि सरकार परिवर्तन गरिएको रहस्य बिस्तारै खुल्दै गएको विश्लेषण हुनथालेको छ ।
एमसीसी पारित गर्ने सहमतिमा कांग्रेस, माओवादी केन्द्र र मधेशवादीका बीचमा सहमति भएको छ । राप्रपाले पनि भित्री रुपमा सहमति जनाएको बुझिएको छ । तर एमसीसी पारित गर्नैपर्छ भन्ने केपी ओली नेतृत्वको संस्थापन एमालेसँग किन वार्ता गरिएन, यो चाहिं अर्को रहस्य हो । एमसीसी संसदको सामान्य बहुमतबाट पारित गरे पनि हुन्छ । एमालेले बिरोधमा मतदान गर्न नसक्ने भएकाले एमसीसी अब दुई तिहाइ बहुमतबाट पारित हुने वातावरण बन्दै गएको छ ।
यही सब वातावरण बुझेर चीन खुलेर अगाडि आएको छ । पास गर्दा अमेरिका, भारत, युरोप खुशी हुने भए पनि चीन र रुससँग कूटनीतिक सम्बन्ध बिग्रने आँकलन हुनथालेका छन् । एमसीसीका प्रावधानलाई राम्ररी बुझ्ने,पढ्नेहरु भन्छन्– एमसीसी पारित भयो भने अमेरिकी सेना नेपालमा आउने छ । चीनविरुद्ध लक्षित एमसीसीका कारणले नेपाल भूमरीमा पर्ने निश्चित छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports