kumari
stcnepal

वामपन्थीहरुको काँधमा काग्रेसको बन्धुक कि काग्रेसको काँध

 

आउँदो मंसीर ४ गते संघीय ससद र प्रदेश सभाको निर्वाचन एकै चरणमा गरिने घोषणा भएपछि राजनितिक दलहरुका चुनावी कार्यक्रमहरु चर्चामा आउन थालेका छन् । २०७४ सालमा बनेको वामपन्थी समीकरण अहिले बदलिएको छ । कांग्रेसको नेतृत्वमा केही वामपन्थी भन्ने दलहरु अर्को वामपन्थी दल नेकपा एमालेलाई पराजित गर्न ज्यानै छोडेर लागेका छन् । २०७८ असार २८ गते सर्वोच्च अदालतको सम्वैधानिक इजालसले दिएको परमादेश अनुसार नेपाली काग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यस वेला देउवालाई माओवादी केन्द्र माधव नेपाल समूह जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको गठवन्धन गरेका थिए ।
प्रधानमन्त्री देउवाले अहिले पनि त्यही गठवन्धनलाई कायम राखेर निर्वाचनमा जाने रणनिति लिएका छन् । एक्ला एक्लै निर्वाचनमा गएको खण्डमा नेकपा एमाले नै पहिलो पार्टी बन्न सक्ने सम्भावना रहेको हुनाले पाँच दलिय गठवन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अनेक प्रकारका आरोप लगाउदै आएका छन् । एमालेलाई आरोप लगाउनेहरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवा कै सहयोगमा पार्टी निर्माण गरेका माधव नेपाल अग्रस्थानमा रहेका छन् ।
पाँच दलले गठवन्धन नै गरेर निर्वाचनमा जाने निर्णय गरेसँगै ससदको सबै भन्दा ठूलो दल रहेको नेकपा एमाले दवावमा परेको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा समेत पाँच दलिय गठवन्धनका विरुद्ध नेकपा एमाले एक्लै निर्वाचनमा गएको थियो । उस्ले त्यसवेला ७ सय ५३ स्थानीय तहमध्ये २ सय ६ स्थानमा विजय हासिल गरेर दोस्रो ठूलो दल बन्न सफल भएको थियो । फरक÷फरक राजनितिक विचार वोकेका दलहरुको गठवन्धन बन्नुको एउटै मात्र उद्देश्य हो, नेकपा एमालेलाई घेरावन्दी गरेर सत्ता हत्याउने प्रयास । पाँच दलिय गठवन्धन भीत्र पनि वामपन्थीहरुको अर्को गठवन्धन बन्न सक्ने सम्भावना समेत रहेको छ । यदि पाँच दलिय गठबन्ध भित्र वामपन्थीहरुको उप गठबन्धन बनेका खण्डमा कांग्रेस पनि दवावमा पर्ने निश्चित रहेको छ ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफुहरुले पाउनुपर्ने सिट संख्या बढाउनका लागि पाँच दलिय गठनवन्धनभित्रै उप गठवन्धन बनाउन सक्ने वताउदै आएका छन् । पाँच दलिय गठवन्धन गरेर निर्वाचनमा जाँदा काग्रेसजस्तो देशभरमै संग्ठन भएको पार्टी समिति सिटमा खुम्चिन सक्छ, त्यसवेला कागे्रसमा विद्रोह हुन सक्ने र धेरै ठाँउमा काग्रेस कै बागी उम्मेदवारहरु खडा हुन सक्ने सम्भावना समेत देखिएको छ । कांगे्रसभीत्रै केही व्यक्तिहरुले वामपन्थी दलहरु सँग गठवन्धन गर्नु नहुने बताईरहेका भएपनि प्रधानमन्त्री देउवाको सत्ता मोह र यहि पाँच दलिय गठवन्धनको सहयोगमा फेरी अर्को पटक प्रधानमन्त्री बन्ने चाहनाले देउवाको बलले पनि पाँच दलिय गठवन्धनलाई कायम राखिएको छ ।
पाँच दलिय गठवन्धनको एउटै उद्देश्य हो, पुनः सत्तामा रहिरहन । गठवन्धन भनेको वा तालमेल भनेको विचार मिल्ने दलहरुसँग मात्र सम्भव हुने हो । तर पाँच दलिय गठवन्धनमा रहेका दलहरुको एकअर्का प्रति कुनै विचार मिल्दैन सिद्धान्त नै फरक फरक रहेको छ । तर पनि उनिहरु गठवन्धनमा रहनु सहमत हुनुको पछाडी सत्तामोह बाहेक अन्य केही हुन सक्दैन । सत्ता गठवन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा सघीयताको विरोध गरिरहेको छ । तर उ पनि सत्ता गठवन्धन मै रहेको छ । जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र काग्रेसको निति सिद्धान्त नै अलग अलग भएपनि उनीहरु नेकपा एमालेको रिसले गर्दा गठवन्धन मै रहेर निर्वाचनमा जान चाहिरहेका छन् । त्यसको अर्को कारण भनेको नेकपा एमालेको मुलुकभर संगठन भएको र बलियो पार्टी भएकोले एक्लाएक्लै कुनैपनि दल निर्वाचनलाई जान सक्ने सम्भावना नभए पछि उनीहरुले गठवन्धन नै गरेर एमालेलाई हराउने रणनितिका साथ अघि बढेको भएपनि स्थानीय तहको निर्वाचनलाई हेर्दा त्यस्तो अवस्था देखिएको छैन ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले झण्डै ३४ प्रतिशत मत ल्याएको थियो भने सत्ता गठवन्धनमा रहेको अर्को ठूलो दल कांग्रेसले समेत गठवन्धन कै बलमा पनि ३४ प्रतिशत मात्र मत ल्याएकोले प्रष्ट हुन्छ । संघीय ससद र प्रदेश सभाको निर्वाचनमा समेत त्यस्तै परिमाण आउन सक्छ ।
अहिले कम्युनिष्टहरु विभाजित अवस्थामा रहेकाले काग्रेसले हर्ष बढाई गर्नुको कुनै औचित्य छैन । काग्रेसमा पनि विभाजनको सम्भावना देखिएको छ । चुनावका वेला समेत काग्रेस पनि धेरै ठाउँमा खुम्चिनु पर्ने अवस्था आउने र धेरैले टिकट समेत नपाउने भएकाले गठवन्धनका विरोधमा धेरै वागी उम्मेदवारहरु उठ्ने, स्वतन्त्र उम्मेदवार उठ्ने सम्भावना रहेको छ । स्थानीय तहको निर्वाचन पछि काग्रेसभित्र पनि ठूलो समूह विरोधमा देखिएकाले काग्रेसले वामपन्थीहरुलाई काँधमा राखेर सत्ता हत्याएको भएपनि आउदो निर्वाचनपछि पनि अहिलेकै अवस्था कायम रहन सक्छ भन्ने अनुमान गलत हुन सक्छ ।
बागी र विद्रोहीहरुले गठवन्धनलाई चुनौती दिन सक्ने र त्यस्को लाभ एमालेलाई हुन सक्ने सम्भावना रहेको अहिले प्रष्ट रुपमा देखिएको हुनाले निर्वाचनको मुखमा काग्रेसको आन्तरीक जीवनमा पनि विभाजन र चुनौती आउन सक्ने सम्भावना हामीले देखेका छौ । अरुका दलहरु विभाजित गराएको आरोप ले गर्दा काग्रेस पनि गठवन्धनको वलमा अहिले बलियो अवस्थामा देखिएपनि भित्री रुपमा ऊ डराईरहेको छ, त्यसैको परिणाम हो वामपन्थीहरुको काँधमा बस्नु भन्ने हामीले ठानेका छौ ।

footer