पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडक खण्ड भासिएर आवागमन बन्द

1.25K
shares

तानसेन ।सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर आवागमन बन्द भएको छ । एक महिना अघि देखि राजमार्गको हिउँदे खोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै गर्न नमिल्ने गरी खसेको हो ।

सडक डिभिजन पाल्पाका अनुसार ६० मिटर सडक भासिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार कमजोर माटोमा निरन्तरको वर्षाका कारण पुरै सडक भासिएको हो । सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ ।

रातभर पानी नपरेमा तीन बटा मेसिन मार्फत भित्ता खनेर भोलि (शुक्रबार)देखि सडक खुलाउने प्रयास हुने सूचना अधिकारी लम्सालले बताए । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवल बाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङ सम्म जाने यात्रुका साथै र त्यस तर्फ बाट बुटवल तर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports