विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ गठबन्धको छलफल हेर्दा सहमति जुटिहाल्ने सम्भावना देखिएको छैन

585
shares

काठमाडौं ।सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धका नेताहरु बिहीबार बिहानै देखि बालुवाटारमा छलफलमा जुटेका छन् । कहिले शीर्ष नेताहरुको संयुक्त त कहिले वान अन वान छलफल हुन्छ । कार्यदलका सदस्यहरु पनि बालुवाटारमा छन् । उनीहरु सँग पनि शीर्ष नेताहरु बेलाबेला छलफल गर्छन् । तर राति ८ बजेसम्म पनि कुनै सहमति जुटेको छैन । छलफलमा सहभागी नेताहरुका अनुसार अहिलेसम्मको छलफल हेर्दा सहमति जुटिहाल्ने सम्भावना पनि देखिएको छैन ।

कसको के प्रस्ताव ?

नेताहरुका अनुसार छलफलहरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५०/५० को प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको कुल १६५ सिट मध्ये आधा कांग्रेसले लिने र बाँकी अरु दलले भागवण्डा गर्ने उनको प्रस्ताव छ ।उनको प्रस्ताव अनुसार सिट बाँडफाँट गर्ने हो भने कांग्रेसको सिट ८० आसपास हुने छ भने माओवादीले ५० हाराहारी सिट लिनसक्छ । एकीकृत समाजवादी र जसपाले १५/२० सिट पाउन सक्ने एक नेताले सुनाए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कांग्रेसलाई ७० सिट मात्र लिन प्रस्ताव गरेका छन् । अरु सिट गठबन्धनमा सहभागी दलहरुमा भागवण्डा गर्ने उनको प्रस्ताव छ । कांग्रेसलाई ७० सिटमा झार्न सके आफ्नो दलले कम्तिमा २५/३० सिट सम्म पाउन सक्ने समाजवादीका नेताहरुको बुझाइ छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो दलले २२/२५ सिट पाउनुपर्ने अडान राखेका छन् । १२/१५ सिट लिने हो भने तालमेल गर्नुको कुनै अर्थ नहुने उनको तर्क छ । ‘अहिले ८/९ जना सांसद छन्, १२/१३ सिट लिने हो भने जित्ने ८/९ नै हो भन्ने उहाँको बुझाइ छ,’ एक नेता भन्छन्, ‘उल्टो पार्टीमा विद्रोह हुन्छ र समानुपातिकको सिट पनि घट्छ ।’

यति थोरै सिट पाउने हो भने गठबन्धन गर्नुको साटो एक्लै चुनाव लड्ने उनले बताएका छन् ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बाग्लुङ र प्युठान नपाउने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताएपछि कांग्रेस नेता अलमलमा परेका छन् । पार्टी सभापति शेरबहादुर देउवा सँगै शीर्ष नेताहरुको छलफलमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ९० सिट सम्म कांग्रेस आउन सक्ने बताएका छन् । कार्यदलमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले १०० सिटको दाबी पेश गरेका थिए । बालुवाटारमा रहेका एक नेता भन्छन्, ‘कहिले माथि गयो, कहिले तल आयो भइरहेको छ । सहमति जुट्ने संकेत देखिएको छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports