विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै, सिटबाडँफाडमा सहमतिको गर्ने प्रयास गर्ने

676
shares

काठमाडौं ।सत्ता गठबन्धनले दुई दिन आ-आफ्ना पार्टी भित्र आन्तरिक छलफल गर्ने र त्यसपछि कार्यदल तथा शीर्ष नेताको बैठक बाट सिट बाँडफाँट टुंगो लगाउने सहमति गरेको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार ११ घण्टा सम्म चलेको गठबन्धन बैठकमा कसले कति सिट लिने भन्नेमा छलफल भए पनि ठोस सहमति हुन सकेन।

१०० सिट दाबी गरिरहेको नेपाली कांग्रेसले केही सिट घट्न लचकता देखिएको कार्यदलका एक सदस्यले जानकारी दिए। कांग्रेसले आफूहरूले ९० सिट हाराहारी पाउनुपर्ने नत्र पार्टी भित्र सबैलाई समेटेर अघि बढ्न गाह्रो हुने बताइरहेको छ। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने १६५ मध्ये आधा कांग्रेस र बाँकी गठबन्धनका अन्य दलका लागि छाड्नुपर्ने बताएका थिए।

प्रचण्डले भने अनुसार कांग्रेसले ८२ को हाराहारीमा सिट पाउँछ। तर यसमा कांग्रेसका नेताहरू भने मानेका थिएनन्। कम्तिमा पनि ८८/९० हाराहारीमा आफूहरूले सिट पाउनुपर्ने दाबी कांग्रेस नेताहरूको छ। सत्ता गठबन्धनका पाँचै दलले आफूले दाबी गरेको सिटमा धेरै घट्न नमानेपछि बिहीबार सिट बाँडफाँट बारे सहमति हुन सकेको थिएन। आ-आफ्ना दलभित्र छलफल गरेर अब बस्ने बैठकबाट सिट बाँडफाँट गर्ने सहमति उनीहरूको छ।

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रबारे एक-एक गरेर त्यहाँ कुन दलले कति मत ल्याएको छ भन्नेलगायत कार्यदलले अध्ययन गरेको थियो। ‘एकले अर्कोको संवेदनशीलता राम्रो सँग बुझ्ने र निष्कर्ष पुग्ने हो,’ कार्कीले भने, ‘सिट बाँडफाँट अब ढिला गर्न हुन्न। समयको पनि चाप छ। दलहरूले उम्मेदवारका नाम सिफारिस गर्न भनिसकेका छन्। उम्मेदवारको मनोनयन गर्ने दिन पनि नजिकिँदै छ।’

उनले सिट बाँडफाँट चुनौतीपूर्ण भए पनि दलहरू सहमतिन जिक पुगेको दाबी गरेका छन्।यसअघि कार्यदलमा कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टीले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए। यो सिटमा सबै दलले घट्ने गरी सहमति गर्ने तयारी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports