विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वीरगञ्ज महानगरपालिकाको ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने निर्णय

585
shares

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले ‘वीरगञ्ज विकास प्राधिकरण’ गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका (बोर्ड) बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको हो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पछि गठन भएको कार्यपालिकाको ७ औं बैठक बिहीबार बसेको थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास, योजनावद्ध सहरीकरण र ल्याण्ड पुलिङ गरेर विकासका आयोजना सञ्चालन गर्न ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

‘काठमाडौंमा काठमाडौं उपत्यका विकास प्राधिकरण गठन भएको छ । त्यसले काठमाडौं उपत्यकाको विकासका लागि विभिन्न काम गर्दै आएको छ,’ उनले भने, ‘वीरगञ्जमा पनि अध्ययन अनुसन्धान गरेर योजनाबद्ध भौतिक पूर्वाधार विकासका काम सञ्चालन गर्न वीरगञ्ज विकास प्राधिकरण गठन गर्न लागिएको हो ।’ मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ‘वीरगञ्ज विकास प्राधिकरण गठन’ गर्नका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बैठकले वीरगञ्ज महानगरपालिकाको खरिद नियमावली २०७७ संशोधन गर्ने, करारका कर्मचारीहरुको म्याद ३ महिना थप्ने, बीपी उद्यानको मुद्दामा महानगरपालिकाले बहस पैरवी गर्ने, दलित सूचीकरणमा छुट भएकाहरुको नाम सूचीकरणका लागि पठाउने लगायतका निर्णय गर्नुको साथै नगर दररेट समेत पास गरेको छ ।

वीरगञ्ज महानगरपालिका लेखा समिति कार्य सञ्चालन कार्यविधि २०७९, सुशासन समिति कार्य सञ्चालन कार्यविधि २०७९ पनि कार्यपालिकाको बैठकले पास गरेको आन्तरिक लेखा प्रमुख अधिकृत हरिशंकर कुर्मीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports