राजधानी काबुलबाहेक अफगानिस्तानका तालिबानको कब्जा
वि.सं.२०७८ साउन ३१ आइतवार ११:३६
shares
Afghan security personnel and Afghan militia fighting against Taliban, stand guard in Enjil district of Herat province on July 30, 2021. (Photo by Hoshang Hashimi / AFP)
काठमाडौँ ।
अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै सहरमा कब्जा जमाएका छन् । आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् ।
सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकार बिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन ।
शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर–इ– सरिफमा कब्जा जमाएका थिए । तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।
































