सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अटोमोबाइल व्यवसायीद्वारा मौद्रिक नीतिको स्वागत

585
shares

 

काठमाडौं ।
अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले मौद्रिक नीतिको उद्घाटन गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था अटोमोबाइल व्यवसायीहरुलाई राहत स्वरुप आएको बताएका छन् ।
यसबाट अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको छ । मौद्रिक नीतिमा कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक बर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरेसँगै यो क्षेत्रलाई केहि राहत मिलेको छ ।

यसैगरी, नाडाले कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात संचालन÷मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन २ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाएसँगै यसले विपन्न बर्गलाई सवारी साधन खरिदगरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरुलाई मिल्ने पनि नाडाले बताएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports