सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली भू–भाग फिर्ता गर्न मागसहित भारतीय राजदूतसमक्ष ग्रेटर नेपालको ज्ञापनपत्र

598
shares

 

काठमाडौँ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूभाग फिर्ताको मागसहित भारतको स्वतन्त्रता दिवस कै दिन भारतीय राजदूतलाई ज्ञापनपत्र बुझाएको हो । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बुझाएको ज्ञापनपत्रमा १५ अगस्ट नेपालका लागि पनि महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । इन्डियाले स्वराज पाएको दिन १५ अगस्त १९४७ नेपालीका निम्ति पनि यस कारण महत्त्वपूर्ण छ, यस दिन सुगौली सन्धिमा गुमेको नेपालको ६० हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ब्रिटेनको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।ज्ञापनपत्रमा भनिएको छ ।यो नेपाली जमिनमा सन् १९४७ अगस्ट १५ देखि आजसम्म इन्डियाको उपनिवेश कायम रहँदै आएको छ । ज्ञापनपत्रमा उक्त जमिन इमान्दारीपूर्वक नेपाललाई फर्काउन भारतसमक्ष आग्रह गरिएको छ ।

स्वतन्त्रता मानव जातिलाई सबैभन्दा प्यारो हुन्छ भन्ने हेक्का नराख्नु इन्डियाको ठूलो कमजोरी ज्ञापनपत्रमा भनिएको छ ।यस प्रसङ्गमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा गत जुलाई ३० का दिन एसएसबीले डोरी फुकालेपछि तुइन खुस्किएर महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका नेपाली नागरिक जयसिंह धामीबारे महामहिम राजदूतको ध्यानाकर्षण गर्दछ । सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक (नडराईकन) हिँड्न, डुल्न नपाउनु सरासर मानव अधिकारको हनन् भएको पनि मोर्चाले उल्लेख गरेको छ । । जयसिंह धामीलाई बेपत्ता बनाउनुमा केवल एसएसबीको हात रहेको छ, ज्ञापनपत्रमा भनिएको छ, जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो र यो अपराध एसएसबीबाट भएको छ भन्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports