सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीको वैधानिकिता जोगाउने रणनितिमा काग्रेस

455
shares

काठमाडौँ ।

सत्ताधारी दल नेपाली काग्रेस भीत्रको लामो रस्साकस्सी पछि संविधानले तोकेको सीमाभीत्र निर्वाचनको प्रक्रिया सुरु गरेर आगामी मंसिरमा काग्रेसले १४ औँ माधिवेशन गर्ने निणर्य गरेको छ । काग्रेसको केन्द्रीय कार्य समितिको हालै बसेको बैठकले यहि भाद्र १८ गते देखि महाधिवेशनको प्रकृया शुरु गरेर मंसिर ९ देखि १३ गते सम्ममा महाधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ ।

काग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि संविधानले निर्धारण गरेको साढे ५ बर्षको अवधि यदि भाद्र २३ मा समाप्त हुदै थियो । तोकिएको समयसीमा भीत्र ८ वटै तहका अधिवेशन गर्न नसकिने भएपछि काग्रेसले पार्टीको वैधानिकता जोगाउनका लागि संविधानले दिएको सीमा भीत्र निर्वाचनको प्रकृया सुरु गरी महाधिवेशनको तालीकामा मंसीरसम्म पु¥याएको छ । अहिले काग्रेसका झण्डै साढे ९ लाख क्रियाशिल सदस्य रहेका छन् । यो संख्या मुलुकभरका ६ हजार ७ सय ४७ वडाको अधिवेशनका मतदान हुन । यी मतदानहरुले वडा ,गाउँ नगरपालिका प्रतिनिधिसभा क्षेत्रीय र प्रदेशसभा क्षेत्रिय कार्यसमितिका पदाधिकारी प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिहरुको चयन गर्ने छन् । कम्तिमा वडा र प्रतिनिधिसभामा क्षेत्रिय कार्यसमितिको अधिवेशन हुनै पर्ने वाध्यता रहेको छ । यही कारणले गर्दा काग्रेसले भाद्र महिनाको १८ गतेमा वडा तहको अधिवेशन गर्ने भएको छ । त्यसछि स्थानिय तहका अधिवेशन कात्र्तिक १२ सम्ममा सम्पन्न गर्ने कार्यतालिका उल्लेख गरीएको छ ।

यस अघि कागे्रसले भाद्र १६ देखि १९ गतेसम्म केन्द्रिय महाधिवेशन गर्न निणर्य गरेको थियो । पार्टी भीत्रको आन्तरिक विवाद र क्रियाशिल सदस्यहरुको विवादको कारण काग्रेस अनिर्णयका वन्दी बन्दै गएको भएपनि पार्टीको वैधानिकता माथी नै प्रश्न उठ्न सक्ने भएपछि काग्रेसले पार्टीको वैधानिकता जोगाउनका लागि संविधानले दिएको अधिकार प्रयोग गर्दै वडा तहमा भाद्र १८ गते देखि निर्वाचन गराउने र निर्वाचनको प्रकृया सुरु भएको भन्दै त्यसले गर्दा पार्टीको वैधानिकता जोगिने उपाय चलेको हो । काग्रेसको १३ औँ महामधिवेशन २०७१ मा भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports