२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले आज गर्यो समानुपातिक तर्फको सिट बाँडफाँड, कुन दललाई कति ?

1.03K
shares

काठमाडौँ – निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फको सिट बाँडफाँट गरेर दलहरूलाई पत्रचार गर्ने भएको छ। दलहरूले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरूले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार गरिने आयोगले जनाएको छ।

आयोगले दलहरूलाई नाम पठाउन तीन दिनको समय दिँदैछ। दलहरू बाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मंसिर २८ गतेभित्रमा निर्वाचनको सम्पूर्ण परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष निर्वाचनबाट र १ सय १० जना समानुपातिक बाट निर्वाचित हुने व्यवस्था छ।

आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिक तर्फ सबैभन्दा बढी लोकप्रिय मत पाएको एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट पाएका छन्। प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेस कूल ८९ सिट सहित पहिलो दल बनेको छ। प्रत्यक्षमा ४४ सिट जितेको नेकपा एमाले ७८ सिटसहित दोस्रो बनेको छ। तेस्रो दल बनेको माओवादीले प्रत्यक्षको १८ सहित ३२ सिट प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षको ७ सहित कूल २० सांसद रहने छन्। यसअघि एक सिटमा सिमित राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिक बाट ७ गरी १४ सिट पुर्याएको छ।

जनता समाजवादी पार्टीे प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ गरी १२ सिटमा सिमित हुँदा मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष एक र समनुपातिकबाट ५ गरी ६ सिट प्राप्त गर्ने भएको छ। थ्रेसहोल्ड कटाउन नसकेका नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्दा ५ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। प्रदेशसभातर्फ प्रदेश १ को ३७ सिटमा एमालेले समानुपातिकमा १५ सिट पाउने भएको छ।

त्यस्तै कांग्रेसले १२, माओवादी केन्द्र र राप्रपाले ४/४, एकीकृत समाजवादी र जसपाले एक/एक सिट पाउनेभएका छन्। मधेस प्रदेशको समानुपातिकतर्फ ४३ सिटमा कांग्रेसले ९, एमालेले ८ जसपा र जनमत पार्टीले ७/७, माओवादी केन्द्रले ४, नेकपा एकीकृत समाजवादीले ३, लोसपाले २, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिले पार्टीले १/१ सिट जितेका छन्। बागमती प्रदेशमा समानुपातिकतर्फको ४४ सिटमा एमालेले १४ सिट जितेको छ। कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, एकीकृत समाजवादी र नेमकिपाले २/२ तथा हाम्रो नेपाली पार्टीले एक सिट पाएको छ।

गण्डकी प्रदेश सभामा समानुपातिकतर्फको २४ सिटमा एमालेले १० मा कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ। लुम्बिनी प्रदेशमा समानुपातिकतर्फको ३५ सिटमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले दुई-दुई, जसपा, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट पाएका छन्।

कर्णाली प्रदेश सभामा कांग्रेसले समानुपातिकमा ५ सिट जोडेको छ । माओवादीले ४,एमाले ५ एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ एक-एक सिट प्राप्त गरेका छन्। यस्तै सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसले समानुपातिकमा सात सिट पाएको छ। माओवादीले तीन एमालेले पाँच, नागरिक उन्मुक्ति पार्टीले दुई एकीकृत समाजवादी र राप्रपाले समानुपातिकमा एक/एक सिट जितेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports