राप्रपाले पशुपति शमशेर राणालाई पुरूष तर्फ बाट बनायो समानुपातिक सांसद
वि.सं.२०७९ मंसिर २४ शनिवार १६:५५
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुरुष तर्फ बाट समानुतानिक सांसदको नाम टुंगो लगाएको छ । पार्टी बाट पुरुष तर्फ पशुपतिशमशेर राणा समानुपातिक सांसद बन्ने भएका हुन् । अरू सांसद बारे निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मा दिइएको छ ।
प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ । राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।




































