२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैंकले अधिकृत पुँजी ५० अर्व पुर्याउने प्रतिबद्धता

676
shares

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिका तर्फ बाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो ।

गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ता बाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर एक रहने गरी स्वीकृत गरेको छ । साधारणसभाले बैकको अधिकृत पूँजी रु २५ अर्बलाई वृद्धि गरी रु ५० अर्ब पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नाका साथै आर्थिक वर्ष २०७८/७९ को कूल मुनाफा बाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव छ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा रु सात अर्ब १८ करोड र करपछिको मुनाफा रु चार अर्ब ९५ करोड आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी रु २४ अर्ब ५० करोड पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने जानकारी दिए ।

आव २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी तर्फ गत वर्ष भन्दा रु एक अर्ब १५ करोडले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२ दशमलव पाँच नौ प्रतिशतले वृद्धि भई रु चार अर्ब ९५ करोड कायम भएको छ । हाल बैंकले रु दुई खर्ब ८९ अर्ब भन्दा बढी निक्षेप सङ्कलन गर्नाका साथै दुई खर्ब ७३ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports