२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इङल्यान्डलाई हराउदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

819
shares

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टी मार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्ष बाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो ।

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले पेनाल्टीको अवसर पाएपनि ह्यारी केनले मिस गर्न पुगे ।

हार सँगै इङ्ग्ल्यान्ड क्वार्डरफाइनल बाटै घर फर्किन बाध्य भएको छ । उता फ्रान्सले अब सेमिफाइनलमा मोरोक्को सँग प्रतिस्पर्धा गर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports