२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले घनश्याम भुसाल, प्रभु साह सहितलाई गर्यो पार्टी बाट निस्कान

754
shares

काठमाडौं ।एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्य सहित १४ जनालाई कारबाही गरेको हो ।

प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार स्थायी समिति सदस्यबाट घनश्याम भुसाल र प्रभु साह निष्कासित भएका छन् । दुवै नेताले चुनावअघि नै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा परेका छन् ।

यसै गरी केन्द्रीय सदस्यहरूमा रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित भएका छन् । यसैगरी, दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ । यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्त भएका छन् ।

पार्टीको समानुपातिक सूचीमा भएर पार्टी विरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports