२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले समानुपातिक तर्फका निर्वाचित भएका सांसदहरूको नाम २६ गते भोली घोषणा गर्ने

1.03K
shares

काठमाडौं ।निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिक तर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए । निर्वाचन आयोगले समानुपातिकतर्फ बाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

आयोगका सहसचिव भट्टराईले समानुपातिक तर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports