२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थली साँखु सडक बन्द पिच गर्ने माग सहित जनता सडकमा कुन्ति पोखरेलको समर्थन

1.3K
shares

थली–साँखु सडक खण्ड पीच गर्न माग गर्दै स्थानीयले गरेको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्तीदेवी पोखरेल पनि सहभागी भएकी छन् । कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयले तीन दिन देखि थली–साँखु सडक पीचको माग गर्दै बाटो अवरुद्ध गरेका हुन् ।

‘सडक पीडित जनता’को नाम गरिएको विरोधमा पोखरेलले समर्थन गर्दै उनी जनतासँगै सडकमा उत्रिएकी हुन् । थली–साँखु सडक २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिएको थियो । तर, ठेकेदारले भनेको समयमा काम शुरू नगरेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

ठेकेदारले सडक पीच गर्ने सामान ल्याएमा बन्द गरिएको बाटो खोल्न स्थानीय तयार रहेको पोखरेलले बताइन् । राप्रपा नेतृ पोखरेल प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–२ बाट पराजित भएकी थिइन् । थली–साँखु सडक काठमाडौं क्षेत्र नम्बर–२ मा पर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports