२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रेशम चौधरीलाई जेल मुक्त गर्न सरकारले ल्यायो अघ्यादेश, पीडक परिवारलाई न्याय खोई ?

780
shares

मंसिर ।सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । यो अध्यादेशले रेशमलाई जेलबाट छुटाउने भन्दै एक मन्त्री भन्छन्, ‘आममाफी भनिएको छैन, नेगेटिभ लिस्ट बाट हटाउने भनिएको छ । यद्यपि भाषा अझै मिलाउन बाँकी छ ।’

मुलुकी अपराध संहिता ऐनको दफा ११६ मा ‘अमानवीय तवरले वा नियन्त्रणमा लिई ज्यान मारेको’ लगायतका मुद्दा फिर्ता लिन नमिल्ने व्यवस्था छ । ११६ (२) मा रहेको यही कानूनी प्रावधानका कारण सरकारले रेशम चौधरीका साथै उनको पार्टीका अरु नेता र विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिन सकेको थिएन । ‘अहिले सरकार गठनका लागि बहुमत जुटाउन यही नेगेटिभ लिस्टलाई संशोधन गरेर मुद्दा फिर्ता लिन खोजेको देखिन्छ’, स्रोतले भन्यो ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाको बहुमत (१३८ सांसदको समर्थन) जुटाउन प्रयासरत छ । त्यसका लागि नागरिक उन्मुक्ति पार्टीको समर्थन खोजेको छ । सत्तारुढ दलका शीर्ष नेताहरु आफैं डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई समेत भेटेका थिए । नागरिक उन्मुक्तिले भने सरकारलाई समर्थन गर्न पार्टीका संरक्षक चौधरीको मुद्दा फिर्ता हुनुपर्ने शर्त राखेको छ ।

आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेर नागरिक उन्मुक्तिको शर्तलाई सम्बोधन गर्न खोजेको एक मन्त्रीले बताए । उनी भन्छन्, ‘अध्यादेश जारी भयो भने रेशम छुट्छन् । तर त्यसलाई अदालतले पनि मान्नुपर्छ, अदालतको सहमति लिएको छ/छैन मलाई थाहा भएन’ ती मन्त्रीले सुनाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports