२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको समानुपातिक तर्फ नाम सच्याउनु नपर्ने प्रदेश सभामा त्रुटी

689
shares

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ । आयोगका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाको समानुपातिक तर्फ दलहरुले पठाएको नाम सच्याउनुपर्ने नदेखिएको बताएका हुन् ।

दलहरुले समानुपातिक तर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सिट संख्या तोकेर नाम पठाउन दलहरुलाई पत्राचार गरेको थियो । त्यसपछि शनिबार दलहरुले आआफूले पाएको सिटमा नाम पठाएका थिए । ‘प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनैपनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठीक छ’ उनले भने ।

प्रदेशसभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको सहप्रवक्ता वाग्लेले बताए । अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरेको, मुस्लिममा १ नम्बरको सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरेको, अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूहको व्यक्ति सिफारिस गरेको पाइएको आयोगले बताएको छ ।

त्यस्तै अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम सिफारिस गरेको, खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको, ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको, महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको पनि भेटिएको वाग्लेले बताए ।

यस्ता त्रुटि सच्याउन दलहरुलाई मंसिर २६ गते दिउँसो ४ बजेसम्मको समय दिएको पनि सहप्रवक्ता वाग्लेले बताए । ‘सुधार सहितको विवरण प्राप्त भइसकेपछि त्यसरी बन्दसूचीमा रहेका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्छ र त्यसपछि उहाँहरुलाई प्रमाणपत्र वितरण हुन्छ’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports