तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी दुनियालाई दुःख दिने नियतले आएको छ सांसद सुवाल

507
shares


काठमाडौं । आज बसेको प्रतिनिधिसभाको वैठकमा नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने टिप्पणी गरेका छन् । विश्वलाई नै दुःख दिने नियतका साथ आएको एमसीसी सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह गरे ।
सांसद सुवाल बोलिरहदा पनि नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजी बीचमा प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन् ।

यो विषयमा संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बुढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । सांसद सुवालले कुनैपनि सर्तमा एसीसीलाई पारित नगर्न सबै सांसदहरुलाई आग्रह समेत गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports