प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर्णाली प्रदेशमा कारोेना भन्दा आत्महत्याको मृत्युदर बढ्दो

676
shares

काठमाडौँ । कर्णाली प्रदेशमा कारोेना भन्दा आत्महत्या बढी रहेको अवस्था रहेको छ । कर्णालीमा बर्सेनि सयौँ व्यक्तिले चरम गरिबी, घरेलु हिंसा र मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार विगत ५ वर्षको अवधिमा प्रदेशमा एक हजार ३६२ जनाले आत्महत्या गरेका छन् ।

तीमध्ये २८५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै ७० जनाले विष सेवन, एक जनाले हातहतियार प्रयोग गरेर र ६ जनाले नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । विगत पाँच वर्षको तथ्याङ्क हेर्दा १३३ जना बालबालिकाले आत्महत्या गरेका छन् । जसमध्ये विगत एक वर्ष (०७७–७८) मा मात्रै ४७ जना बालबालिकाले आत्महत्याको बाटो रोजेका छन् ।

कर्णालीमा विगत एक आर्थिक वर्षमा ३६२ जनाले विभिन्न कारण आत्महत्याको बाटो रोजेका छन् । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ अथवा हालसम्मको अवधिसम्म आईपुग्दा ३६२ जनाले आत्महत्या गरेका छन् । जुन यसअघिको आर्थिक वर्षको तुलनामा एकदमै बढी रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports