प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्र मन्त्री खड्काले सम्बोधन गरे संयुक्त राष्ट्रसंघको महासभामा

845
shares

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गरेका हुन्।

सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका विविध विषयमा प्रकाश पारेका थिए । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक–सामाजिक असर पारेको बताए ।

‘मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्छ,’ मन्त्री खड्काले भने । कोभिड नियन्त्रणमा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समुदायका प्रयासको प्रशंसा गर्दै मन्त्री खड्काले सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान तरिकाले खोप पाउनु पर्ने कुरामा जोड दिए।
बितेका ६३ वर्षमा नेपालले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमार्फत् शान्ति, सुरक्षा र स्थायित्वमा योगदान गर्दै आएको उल्लेख गर्दै मन्त्री खड्काले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई अघि बढाउनु पर्ने नेपाल रहेको बताए।

खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् । मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको पनि बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports