निर्लज्ज देखियो राजनीति
वि.सं.२०७८ असोज २२ शुक्रवार १०:४४
shares

काठमाडौं । दुई तिहाइ दिंदा पनि जनताले सुख पाएनन् । नेताहरुवीच एकले अर्कोको खुट्टा तान्न थालेपछि भ्यागुताको धार्नी बन्यो राजनीति ।
संविधानले कामै गरेन । संसद निकम्मा भयो । जनादेशमाथि अदालतले परमादेश दिनुप¥यो सरकार बनाइदिन । परमादेशले बनेको सरकार पूर्णाकारको सरकार गठन गर्नै ३ महिना लगायो ।
अझै राजनीतिक स्थिरता आएन । अर्ली इलेक्शन खतरा टरेको छैन । प्रतिगमन ग¥यो भनेर ओली सरकार ढाल्नेहरुले गर्नुसम्मको प्रतिगमन गरेर देखाए । निर्लज्ज देखियो राजनीति ।सूर्य चिन्ह, हँसिया हथौडा चिन्नले चुनाव जितेकाले रुखलाई समर्थन, मतदान । त्यति गर्दा पनि सांसद पद नजाने । योभन्दा प्रतिगमन, निर्दलीयता के हुनसक्छ । एमाले फुटाउन अध्यादेश ल्याउने, पार्टी फुटाइदिएपछि अध्यादेश फिर्ता गरिने ।
योभन्दा अप्रजातान्त्रिक र असंवैधानिक व्यवस्था अरु के हुनसक्छ ।यो लोकतान्त्रिक अग्रगमन । कांग्रेस, माओवादी केन्द्रलगायतका ५ दलीय मोर्चाका लागि यही रहेछ लोकतन्त्र ।


































