kumari
stcnepal

काग्रेससँग लत्रिए दाहाल उनी निरास

 

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी आलीलाई सत्तावाट हटाउने सूत्रधारका रुपमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पाँच दलिय गठवन्धनको सरकार वनाउन र नेकपा एमालेलाई विभाजन गराउन सफल भएपनि पछिल्लो समयमा उनी निरास भएका छन् । अध्यक्ष दाहाल मन्त्रिपरिषद विस्तारदेखी राज्य सञ्चालनमा समेत छायाँमा पर्दै आएका छन् । आफुले ठूलो मेहनत गरेर माधव नेपालको अध्यक्षतामा पार्टी निमार्ण गरी दिएको उद्घोष गर्दै आएका दाहाल अहिले किन छायाँमा परेत ? दाहाललाई पछिल्लो समयमा आफै पार्टी भित्रका व्यक्तिहरुलाई मन्त्री वनाउन पनि निकै सकस परेको छ ?
पाँच दलिय गठवन्धन मध्येको राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने वताईसकेको छ भने बाकी रहेका चारदल नेपाली काग्रेस,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल सरकारमा सहभागी हुने पक्का पक्की भएपनि मन्त्रालयको भागभण्डामा शेरवहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनपछि सहमति भएको छ ।

पहिला चारै दलको समान हैसियतमा सरकारमा सहभागी हुने भनिएता पनि पछिल्लो समयमा त्यो सहमति तोडिएको छ । अब नेपाली काग्रेस ८ वटा माओवादी केन्द्र ६ वटा र नेकपा एकीकृत र जनता समाजवादी पार्टीले ४÷४ वटा मन्त्रालय र काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले १ ÷१ वटा राज्यमन्त्री समेत पाउने भएका छन् भने जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको उपसभामुख पाउने सहमति भएको छ ।
तत्कालीन ओली नेतृत्वको सरकारलाई ढाल्न ज्यानै छोडेर लागेका दाहाल पछिल्लो समयमा निरास वन्दै गएका छन् ।

ठीक त्यसै वेला प्रधानन्यायाधिसले समेत मन्त्रिपरिषदमा आफ्नो कोटा खोजेपछि दाहाल काग्रेससग लत्रिएका छन् । समान हैसियतलाई छोडेर उनी ६ जना मन्त्रीमा चिक्त बुझाउन वाध्य भएका छन् । त्यस्को एउटै कारण हो प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग सम्झौता गरी ताजा जनादेशमा जान सक्ने आकलन दाहालले गरेका छन् । माओवादी केन्द्रको संगठन छिन्न भिन्न भएकाले गर्दा दाहाल तत्काल चुनावमा जान तयार छैनन् माधव नेपाल त झनै परको कुरा । काग्रेसका नेताहरु तत्काल चुनावको घोषणा गराउन प्रधानमन्त्रीलाई दवाव दिन थालेका हुनाले दाहाल निरास भएका र काग्रेससँग लत्रिएर वस्न वाध्य भएको एक सूत्रले दावी गरेको छ ।

 

footer