linktrix Long Ad
Salt Trading Long Ad

पाचँदलिय गठवन्धन एमालेसँग छुलुमुतु

624
shares

काठमाडौँ । पाँच दलिय गठवन्धको सरकारले पूर्णता पाएको छ । मन्त्रिपरिषदले पूर्णता पाएपनि निर्धारित समयमा चुनाव हुन्छ कि हुदैन भन्ने अन्यौल भने टरेको छैन । विगतमा स्थानीय तहको निर्वाचन तहमा नराम्रोसग पराजित भएको नेपाली काग्रेसका सभापति एव् प्रधानमन्त्री शेरवहादुर देउवा स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्न डराईरहेका छन् । अर्को तर्फ सत्ताको प्रमुख घटक माओवादी केन्द्रका अध्क्ष पुष्पकमल दाहाल समेत निर्धारित समयमा स्थानीय तहको निर्वाचनमा जान तयार रहेका छैनन् । त्यसै कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल तिनै तहको निर्वाचन एकैपटक गर्नुृपर्ने भन्दै गठवन्धन भीत्र आफ्नो प्रस्तावलाई प्रवेश गराएका छन् ।

स्थानीय तहको निर्वाचन आफ्नो पार्टीले राम्रो गर्न सक्ने विश्वास देउवालाई नभएकाले उनी निर्धारित समयमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा देखिएका छैनन् । स्थानीय तहका पछिल्ला २०५४ ÷२०७४ नेकपा एमालेले आफै एकलौटी निर्वाचन जितेको थियो । गत निर्वाचनमा माओवादी केन्द्रसग मिल्दापनि काग्रेसले राम्रो नतिजा ल्याउन सकेको थिएन यसपालि पनि त्यस्तै भयो भने ससदीय निर्वाचनमा पराजित हुन सक्ने भएले गर्दा प्रधानमन्त्री देउवाले पहिला स्थानीय तहको निर्वाचन गराउनु पर्ने पक्षमा नदेखिएको काग्रेस कै एक नेताले वताएका छन् । ससदीय निर्वाचन गराउन कागे्रसमा प्राय सबै नेताहरु एक भएका छन् । त्यस्को एउटै कारण हो कम्युनिष्ठहरु विभाजित भएका छन् ।

उनीहरुको पक्षको मत विभाजित हुने भएपछि आफ्नो जित हुने ठहर काग्रेसका नेताहरुले गरेका छन् ।कम्युनिष्ठहरुको वीचको सम्वन्ध राम्रो नभएकोले त्यस्को फाइदा काग्रेसले लिनुपर्ने उनीहरुको ठहर रहेको छ । अहिले काग्रेसमा प्रभावशाली नेताहरु ससद वाहिर रहेकाले जति सक्दो चाडो ससदीय चुनाव गराउनु पर्ने उनीहरुको चाहाना रहेको छ ।
अर्को तर्फ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु भन्ने निर्वाचन पछि सार्नुपर्ने पक्षमा रहेका छन् । उनीहरुले छिटो गर्नु पर्ने हो भने एकै पटक तिनै तहको निर्वाचन गर्नु पर्ने प्रस्ताव काग्रेससँग राखी सकेका छन् ।

माओवादी केन्द्र र समाजवादीले अहिलेको गठवन्धनलाई आउदो निर्वाचन सम्म लैजानुपर्ने वताउदै आएका भएपनि काग्रेसका नेताहरुले काग्रेसले कसैसँग गठवन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्ने भन्दै त्यसै अनुरुपको दवाव सभापति एव् प्रधानमन्त्री देउवालाई दिदै आएका हुनाले माओवादी केन्द्र र जसपाको प्रस्तावलाई अस्वीकार गर्ने सम्भावना बढेको छ यहि आउदो निर्वाचनमा काग्रेस एक्लै चुनावमा गएको खण्डमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी काग्रेसको पुच्छर समातेर वैतर्णी तर्ने प्रयास असफल सावित हुनेछ । सघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमाले भन्ने तत्काल निर्वाचन कै पक्षमा रहेको र तत्कालै निर्वाचन भएको खण्डका स्थानीय तहको निर्वाचनमा पनि एमाले नै ठूलो पार्टी वन्न सक्ने सम्भावना रहेकोले गर्दा पाँच दलिय गठवन्धन नेकपा एमालेसग डराइरहेको आभास मिलेको छ ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports