kumari
stcnepal

राजेन्द्र लिङ्देनले गरे अध्यक्ष उम्मेदवारीको घोषणा

काठमाडौं । आज  (बिहीबार) भएको एक कार्यक्रममा राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।नेपालगञ्जका मेयर समेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताएका छन् ।

उनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताए ।

कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताए । आफूहरूले पार्टीमा नयाँ सुरुवात गर्न लागेको राणाले बताएका हुन् ।

 

 

footer