kumari
stcnepal

राप्रपाको एकता महाधिवेशन सुरु

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट भृकुटीमण्डपमा सुरु हुँने भएको छ । पछिल्लोपटक पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा एकीकृत तथा कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकता भएपछि हुन लागेको यो पहिलो महाधिवेशन हो ।

महाधिवेशनमा देशभरिबाट करिब ४२ सय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री तथा एक सय ४१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया बिहीबार सुरु हुनेछ ।

निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् । सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र सहायक कोषाध्यक्ष पनि निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन् ।

उद्घाटनसत्रपछि आजबाटै बन्दसत्र सुरु हुन्छ जहाँ अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपतिशमशेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्ने कार्यसूची रहेको राप्रपाले जनाएको छ। यसैगरी बन्दसत्रमा विधान संशोधन सुझाब समितिका संयोजक निरञ्जन थापाले केन्द्रीय कार्यसम्पादन समितिद्वारा पारित विधान प्रस्तुत गर्ने कार्यक्रम छ ।

footer