सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको नेतृत्व सम्हाल्न थापा र लिङ्देन मैदानमा भिड्दै

572
shares

 

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ। अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए।
उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा स्रोतले जनाएको छ ।
हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव पेस भएको थियो। आज बिहान ८ बजेदेखि पुन सुरू हुने बन्दसत्रबाट दुबै प्रस्ताव पारित गर्ने कार्यतालिका तय गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन्।
मञ्चबाटै अग्रज नेताहरूले अध्यक्षमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका छन्।
यसरी सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूले दुबैलाई आग्रह गर्दा हलमा ताली बजेको थियो।
बुधबारदेखि सुरू एकता महाधिवेशनका अन्तिम वक्ता अध्यक्ष पशुपतिशमसेर राणाले सर्वसम्मत नेतृत्वका लागि दुबै पक्ष तयार हुनुपर्ने बताए।
तर, यदि त्यसो नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोटलाई स्वीकार गर्नुपर्ने उनले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports