kumari
stcnepal

एनसीसी बैंकद्वारा लाभांश घोषणा

 

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने बैंकले जनाएको छ ।

footer