सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टोटनह्याममा कोरोना फैलिएपछि ब्राइटनसँगको खेल रद्द

481
shares

 

प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सका खेलाडी र स्टाफमा कोरोना सङ्क्रमण फैलिएपछि आइतबार ब्राइटनविरुद्धको खेल रद्द भएको छ ।

लण्डनको क्लबका ८ खेलाडी र स्टाफका पाँच सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार युरोप कन्फरेन्स लिगमा रेनविरुद्धको खेल पनि स्थगित भएको थियो ।

बुधबार स्पर्सको पहिलो टोलीको प्रशिक्षण पनि रोकिएको थियो । क्लबले खेललाई सार्न आग्रह गरेपछि प्रिमियर लिगको बोर्ड मिटिङ बसेको थियो । बैठकले खेलाडी र स्टाफको स्वास्थ्यलाई ख्याल गर्दै खेल रद्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

आइतबारको खेललाई भविष्यमा उपयुक्त समयमा खेलाइने पनि बोर्डले जानकारी दिएको छ । स्पर्सले यसबारे थप विवरण आफ्ना समर्थकहरूलाई समय समयमा साझा गरिरहने जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports