kumari
stcnepal

राइजिङ्गस्टार कल्चरको बार्षिकोत्सव सम्पन्न

काठमाडौं । आयोजक संस्थाका अध्यक्ष बिक्रम तामाङको अध्यक्षता, बाग्मती प्रदेशकी समाजीक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा राइजिङ्ग स्टार कल्चर ग्रुपको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । राजधानीमा आयोजीत बार्षिकोत्सव समरोहमा बिभिन्न बिधामा ‘राष्ट्रिय स्रष्टा तथा कलाकारलाई सम्मान’ प्रदान गरेको छ ।

केटिएम जाम डान्स ब्याटलका बिजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा बरिष्ट चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित उत्कृष्ट चलचित्र पत्रकार सम्मानबाट सम्मानीत भएका थिए । ।सुवेदी बिगत दुई दशकदेखि अनवरत रुपमा पत्रकारितामा सकृय छन् ।
कार्यक्रममा काजीमान श्रेष्ठ र बीरकृष्ण श्रेष्ठलाई खेलाडी सम्मान प्रदान गरिएको थियो ।

त्यसै गरि चलचित्र निर्देशक मधुसुदन भट्टराई उत्कृष्ट निर्देशक सम्मान, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई उत्कृष्ट गायक सम्मान, बिद्या मञ्जु तिवारीलाई उत्कृष्ट गायिका, तुलसीप्रसाद श्रेष्ठ, भुवनकुमार काफ्ले र बिकास चापागाईँलाई उत्कृष्ट कलाकार सम्मान प्रदान गरिएको थियो ।

 

footer