विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिनय कार्की को सालको पात सार्वजनिक

676
shares

काठमाण्डौ । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथक्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३ र ‘फेस अफदि स्मार्ट किड्स २०२२’ सिजन२ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ । यही पुष १० गत ेशनिबार युथक्रियसन नेपालको कार्यालय पुतली सडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथक्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी गराए ।

मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवायुवतीको मार्ग निर्देशनगर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्षद लामाले बताए साथै आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केहीभिन्नतरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाले गर्ने गरेको समेत जानकारी गराए ।
विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने र बालबालिकाको व्यक्तित्व बिकास गर्ने उद्देश्यले फेस किड्स गरिरहेको अध्यक्ष लामाले बताए ।

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन ३ र ‘फेस अफदि स्मार्ट किड्स २०२२’सिजन२, को कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् । दुवै प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्नअवसर पुरस्कारको रुपमा जित्न सक्न ेछन ।‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन२, का प्रतिस्प्रधीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, रक्तदान कार्यक्रम, निःशुल्क पानी तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत तालिम दिइने कुराको जानकारी अध्यक्ष लामा गराएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage

below entertainmnet insurance
napali patro below sports