kumari
stcnepal

बिनय कार्की को सालको पात सार्वजनिक

काठमाण्डौ । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथक्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३ र ‘फेस अफदि स्मार्ट किड्स २०२२’ सिजन२ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ । यही पुष १० गत ेशनिबार युथक्रियसन नेपालको कार्यालय पुतली सडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथक्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी गराए ।

मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवायुवतीको मार्ग निर्देशनगर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्षद लामाले बताए साथै आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केहीभिन्नतरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाले गर्ने गरेको समेत जानकारी गराए ।
विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने र बालबालिकाको व्यक्तित्व बिकास गर्ने उद्देश्यले फेस किड्स गरिरहेको अध्यक्ष लामाले बताए ।

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन ३ र ‘फेस अफदि स्मार्ट किड्स २०२२’सिजन२, को कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् । दुवै प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्नअवसर पुरस्कारको रुपमा जित्न सक्न ेछन ।‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन२, का प्रतिस्प्रधीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, रक्तदान कार्यक्रम, निःशुल्क पानी तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत तालिम दिइने कुराको जानकारी अध्यक्ष लामा गराएका छन् ।

footer