प्रदेश सभा मन्त्री उत्पादन गर्ने कारखाना
वि.सं.२०७८ पुस ८ बिहीवार १६:२५
shares

काठमाडौँ । २०७४ साल मंसीर भएको निर्वाचनमा ७ प्रदेश मध्येका ६ वटा प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रको गठवन्धनले जितेका थिए । त्यस वेला उनीहरुको ६ वटा प्रदेशमा सरकार निर्माण भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ठ पार्टीलाई सर्वोच्च अदालतले अस्वीकार गरी दिएपछि प्रदेश सरकारहरुमा समेत ठूलो प्रभाव परेको छ ।
अदालतको आदेशले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्वमा कायम गरीदिएपछि त्यस्को प्रभाव गण्डकी प्रदेश र लुम्बिनीमा परेको थियो भने नेकपा एमाले को विभाजन पछि प्रदेश न १ र वाग्मती प्रदेश र कर्णाली प्रदेशमा समेत सरकारहरु परिर्वतन भएका छन् ।
भागवण्डा मिलाउनका लागि प्रदेश सरकारहरुले मन्त्रालयको संख्या वढाउदै वाग्मती प्रदेशमा १४ वटा मन्त्रालय वनाइएको छ । पछिल्लो समयमा पाँच दलीय गठवन्धन बनेको हुनाले प्रदेश सरकारहरु समेत त्यही पाँच दलिय गठवन्धनका मन्त्रीको संख्या समेत वढेको छ भने प्रदेश सरकारहरुले आफ्नो प्रदेशका मन्त्रिपरिषदको कार्यालय र मन्त्रालयहरु समेत निमार्ण गर्न सकिरहेका छैनन् ।
७ वटा प्रदेशमा गरी ५५० जना सासदको व्यवस्था गरीएको छ । प्रदेश सरकार निमार्ण भएको ४ वर्ष भीत्रमा १६३ जना सासद मन्त्री भईसकेको छ भने वाग्मति प्रदेशमा ३ जना मुख्यमन्त्री भईसकेका छन् , प्रदेश १ मा दुई जना गण्डकी प्रदेशमा २ जना र लुम्विनी प्रदेशमा समेत २ जना मुख्यमन्त्री भईसकेका छन् भने कर्णाली प्रदेशमा समेत २ जना मुख्य मन्त्री भईसकेका छन् । प्रदेश २ र सुदुर पश्चिम प्रदेशमा भने मुख्यमन्त्रीले ४ वर्षे कार्यकाल पुरा गरेका छन् । प्रदेशमा न.२मा कांग्रेस, जसपा नेकपा एकीकृत र माओवादीको सयुक्त सरकार रहेको छ ।
पछिल्लो समयमा वाग्मती प्रदेश र प्रदेश १ मा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार रहेका छ भने गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश मा माओवादी केन्द्रको सरकार रहेको छ त्यसैगरी लुम्विनी र कर्णली प्रदेशमा काग्रेसको नेतृत्वको सरकार रहेको छ ।
संविधान निमार्ण हुदा प्रदेश स्तरमा ७ वटा मन्त्रालय मात्र बनाउने सहमति दलहरुबीच भएको भएपनि भागवण्डा मिलाउन मन्त्रालयहरु थप गरीएका छन् । वाग्मति प्रदेशमा त १३ वटा मन्त्रालय वनाईएको छ । दलहरुले कुनै आधार विनै मन्त्रालयहरुको सख्या वढाउदै लगेको हुनाले प्रदेश सरकारहरु मन्त्री उत्पादन गर्ने कारखाना नै भएका छन् ।
प्रदेश सरकारहरुले भौतिक संरचना समेत वनाउन नसकेका हुनाले एउटा कोठामा मन्त्रालयका वोर्ड झुण्डाउन थालेका छन् । एउटा मन्त्रालय थप्दा दुई करोड भन्दा बढी खर्च हुने र मन्त्री सचिव र अन्य कर्मचारीको तलव भत्ता लगायतमा ठूला रकम खर्च हुने भएपनि भागवण्डा मिलाउन मन्त्री थप्दै जाने अवस्था सिर्जना भएकोले गर्दा प्रदेश सरकारहरु नै जनाताको लागि वोझ भएका छन् । के प्रदेश सरकारहरु मन्त्री हुनैका लागि मात्र वनाईएका हुन त भन्ने प्रश्न जनताले उठाउन थालेका हुनाले संघीयता साच्चि कै जनताका लागि वोझ भएको प्रमाणित भएको छ ।





































