नेपालगञ्जमा आयल निगमलको पेट्रोलपम्प सञ्चालनमा
वि.सं.२०७८ पुस २२ बिहीवार ०९:२२
shares

काठमाडौ । नेपाल आयल निगमले आफ्नै लगानीमा बाँके नेपालगन्ज उपमहानगरपालिका आदर्शनगरमा नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ। तीन करोड ६७ लाख रुपैयाँको लगानीमा पम्प निर्माण गरिएको हो। पम्पको बुधबार नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले उद्घाटन गरे।
कार्यक्रममा निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराई, वितरण विभाग प्रमुख दीपक बराल, निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेल लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो। यो पम्प निगमको नेपालगञ्ज डिपो मातहतमा सञ्चालन हुने आयल निगमले स्रोतले जनाएको छ।
निजी क्षेत्रको लगानीमा पम्प सञ्चालन गर्दै आएकोमा निगमले मोडलको रुपमा नयाँ पम्प सञ्चालनमा ल्याएको हो। यो पम्प पूर्ण स्वचालित रहेको छ। निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो। निगमले यसअघि भैरहवामा पम्प सञ्चालन गर्दै आएको छ।





































