२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समाजवादी मोर्चासँग सहकार्य हुँदैन, दाहालले पिठ्युँमा छुरा रोपे : उपेन्द्र यादव

858
shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्। लहानमा पुगेका अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासघातकै कारणले सहभागी हुन नसक्ने प्रष्ट्याए।

उनले भने, ‘समाजवादी मोर्चा निर्माणमा मेरो महत्वपूर्ण भूमिका थियो। तर, मोर्चामा हुँदै प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो। प्रधानमन्त्री बनेपछि मोर्चाभित्रकै आफ्नै सहयोगीलाई विश्वासघात मात्रै गर्नुभएन कि पिठ्युमा छुरा रोप्नुभयो। त्यसरी कसरी सहकार्य हुनसक्छ? त्यसैले अहिलेको अवस्थामा सहकार्य हुँदैन। जोसँग सहकार्य गरेको छ उसैलाई पिठ्युमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास छैन। यथास्थितीमा सहकार्य हुँदैन।’

उनले राष्ट्रिय समस्याको समधान गर्नको लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने बताए।उनले थपे, ‘हामी मधेशको मुद्दा मात्रै होइन। राष्ट्रिय मुद्दाको रुपमा हामी अगाडि बढ्नुपर्छ। राष्ट्रिय समस्याहरु समाधान गर्न, पीडित जनतालाई न्याय दिनको लागि परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ र संघर्षमा लाग्नुको विकल्प छैन। अहिले जे प्रयास भइरहेका छन् त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छौं।’

उपेन्द्रले प्रचण्डकै कारणले आफ्नो पार्टी फुटेको दाबी गर्दै मोर्चामा सहभागी नहुने बताइरहे पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमार्फत् फेरि जोड्ने प्रयास गरिरहेका छन्। हालै बसेको मोर्चाको बैठकपछि नेकपाका प्रवक्ता प्रकाण्डले उपेन्द्र यादवले तत्काल सहभागी हुन नसक्ने जनाएपछि वार्ता सकारात्मक रुपमा अघि बढिरहेको बताएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports