२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्तमान सरकार ‘चोरलाई चौतारो र साधुलाई सुली चढाउने’ अभियानमा : प्रचण्ड

897
shares

विराटनगर । वर्तमान सरकार ‘चोरलाई चौतारो र साधुलाई सुली चढाउने’ अभियानमा लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकामल दाहाल प्रचण्डले बताएका छन् । मोरङको ग्रामथानमा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैली ‘चोरलाई चौतारो र साधुलाई सुली’ भन्ने उखानसँग मिल्दोजुल्दो भएको बताएका हुन् ।

उनले यो उखान प्रयोग गर्नुअघि नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको नाम लिएका थिए । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको बताउँदै उनले अहिलेको सरकारले घिसिङलाई लखेटिरहेको बताए । ‘नेपालकै सबैभन्दा काविल अफिसर कुलमान घिसिङ, देशकै सम्पति हो कुलमान भन्थे कांग्रेसका वरिष्ठ नेता, उनलाई नेतृत्वमा ल्याएपछि र मेरो नेतृत्वको सरकारले जर्नादन शर्मालाई उर्जामन्त्री बनाएपछि लोडसेटिङबाट मुक्त भयो,’ उनले भने, ‘अहिले हेर्नुहुन्छ भने त्यहीँ कुलमान घिसिङलाई दिनदिनै सताएको छ, सताएको छ, अत्याएको छ,अत्याएको छ, भनेपछि चोरलाई चौतारो साधुलाई सुली भनेको यहीँ होइन त ।’

घाटामा गएको प्राधिकरणलाई करिब ५० अर्ब हाराहारी नाफामा पुर्‍याएपछि दलालहरूलाई सह्य नभएको उनले बताए । आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए । उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको बताउँदै अब आउने चुनावमा २०६४ कै अवस्थामा फर्काउन आग्रह गरे ।

‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं’, उनले भने, ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाईंहरू समक्ष आएका छौं, तपाईंहरूलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports