प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्यालेन्सियामाथि रियल म्याड्रिडको जित

637
shares

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले सानदार जित निकालेको छ।घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराउँदै शीर्ष स्थानको अग्रता ९ अंकमा पुर्‍याएको हो।

रियल मड्रिडको जितमा करिम बेन्जिमा र भिनिसियस जुनियरले समान २-२ गोल गरे।खेलको ४३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई पहिलो हाफमा १-० को अग्रता दिलाए। उनले खेको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

खेलको ५२ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। खेलको ६१ औं मिनेटमा पुन जुनियरले नै गोल गर्दै रियललाई ३(० ले अघ बढाए। खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाले गोल फर्कायो।

उसका लागि गोन्कालो गुएडेसले गोल गर्दै अग्रता घटाउने प्रयास गरे। तर ८८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले ४-१ को सानदार जित निकाल्यो।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports