kumari
stcnepal

‘महुँ नेपाली’ले दिलायो सफलतालाई अवार्ड

 

काठमाडौं । विश्व कीर्तिमानी गायक तथा संगीतकार सन्तोष श्रेष्ठकी ११ वर्षीया छोरी सफलता श्रेष्ठको स्वर रहेको ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीतले अवार्ड जित्न सफल भएको छ । मंगलबार राजधानीमा सम्पन्न विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा‘दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८’ अवार्ड आफ्नो पक्षमा पार्न बाल गायिका सफलता श्रेष्ठ सफल भएकी हुन् ।

सन्तोष श्रेष्ठको शब्द सृजना र संगीत रहेको ‘म हुँ नेपाली’ सफलताको स्वर रहेको गीत केही समय पहिले सार्वजनिक भएको थियो । ‘म हुँ नेपाली’ सफलता श्रेष्ठको पहिलो गीत हो भने सो गीतको भिडियोमा उनको अभिनय समेत रहेको छ ।

footer