गत भाद्र २३ गते जेन–जीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस एमाले गठबन्धनको सरकार असफल हुनु भनेको दुवै दल असफल हुनु हो

78
shares

 

पछिल्लो समयमा जनताको राजनीतिक स्तरमा बृद्धि भएसँगै जनताले आफूहरुले पाउनुपर्ने सेवा सुविधा सहज र सरल रुपमा पाउनुपर्ने माग गरिरहेका छन् । सरकारले जनतालाई जनताले खोजेको प्रशासनिक उपलब्धता प्राप्त गर्नका लागि प्र्रशासनिक संगठनको सक्षमता, जिम्मेवारी र कार्य तत्परता निरन्तरता, चुस्त, दुरुस्त बनाउनु जरुरी रहेको छ । प्रशासन सुधारबाट मात्र समग्र शासन सुधारको सुनिश्चितता गर्न सकिने भएकाले यसलाई सरकारले आफ्नो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ । जनताले पाउनुपर्ने सेवा सुविधा सहज रुपमा पाउन सकेको खण्डमा मात्र सरकार सफल भएको मान्न सकिन्छ । राजनीतकि दलहरुले निर्वाचनको बेला जनताको मत पाउनका लागि पूरा गर्नै नसकिने आश्वासनहरु जनतालाई बाँडेका हुनाले त्यस्ता आश्वासनहरु पूरा नभएकाले जनतामा निराशा उत्पन्न भएको सत्य वास्तविकतालाई राजनीतिक दलहरुले स्वीकार गर्नैपर्दछ ।
२०७९ मा भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनपछि ३ वटा सरकार परिवर्तन भइसकेका छन् । निर्वाचनको बेला एउटै दलले बहुमत ल्याउन नसकेको हुनाले पटक पटक सरकार परिवर्तन हुने गरेको र अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु पछिल्ला सरकारले स्वीकार गर्न नसकेको हुनाले विकास निर्माणले तिव्रता पाउन सकेको छैन । राजनीतिक दलहरु सबैको चाहना जनताको सेवा र विकास निर्माण नै हो भने अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरुलाई निरन्तरता दिनु आवश्यक रहेको छ । तर राजनीतिक दलहरुले सरकार निर्माण गर्न संसदमा उपस्थित भएका स साना दलहरुलाई समेत सरकारमा सामेल गराउनुपर्ने अवस्था देखिएको र स–साना दलहरुले ठुला दलहरुलाई वार्गेनिङ्ग गर्दै आफूहरुका माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्मको धम्की दिने गरेका हुनाले नै पटक पटक सरकारको नेतृत्व परिवर्तन हुने गरेको र कर्मचारीतन्त्रले समेत राजनीतिक दल र सरकारलाई पूर्व रुपमा विश्वास गर्न सक्ने अवस्था नदेखिएको हुनाले नै संघीय संसदमा ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर पछिल्लो समयमा सरकार निर्माण गरको हुन् ।
संघीय संसदका ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई अब असफल हुन छुट छैन । नेकपा एमालेका अध्यक्ष नै प्रधानमन्त्री रहेका हुनाले एमालेको भविष्य समेत सरकारसँग जोडिएको छ । कांग्रेस र एमाले बीचमा गत असार १७ गते भएको ७ बुँदे सहमति अनुसार केपी ओली नेतृत्वको सरकार २०८३ को असार मसान्तसम्म रहने र त्यसपछि २०८४ को निर्वाचन सम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमनत्री बन्ने भएकाले ओली र देउवाको सरकार असफल हुने भनेको कांग्रेस र एमाले दुवै राजनीतिक दल असफल हुनु नै हो । त्यही कारणले गर्दा कांग्रेस–एमाले गठबन्धनको सरकारलाई जनताले ठुलो आशा र विश्वास गरेका छन् । संसदका ठूला दुई दलको सरकारले समेत जनताको भरोसा जित्न सक्दैन भने अन्य कुनै दलले समेत जनताको आशा र विश्वास जित्न सक्ने अवस्था रहँदैन ।
सरकारी सेवा अन्य सेवा भन्दा बढी जिम्मेवार र सम्वेदनशिल भएका कारण यस सेवालाई निरन्तर आकर्षण र भरपर्दो गराइराख्न जरुरी रहेको छ । लोकसेवा आयोगबाट आपूर्ति भएको जनशक्तिलाई संगठनमा टिकाईराख्न र उत्प्रेरित भई काम गर्न गराउनका लागि सेवाभित्र तलबभत्ता आकर्षण बनाउने र अन्य बृत्ति विकासका अवसरहरु सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिनु आवश्यक रहेको छ । कर्मचारीतन्त्र भनेको राजनीतिक नेतृत्वको सरकारले दिएको नीति, निर्देशन र सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्ने अधिकार प्राप्त कर्मचारीतन्त्र भएकाले मन्त्री र मन्त्रिपरिषद्ले गरेका निर्णयहरुको कार्यान्वयन गर्दा भ्रष्टाचार मुद्दा लाग्ने परम्परा रही आएकाले अब नीति निर्माण गर्ने र मन्त्रिपरिषद्ले गरेका निर्णयहरु कार्यान्वयन गर्दा भ्रष्टाचारको मुद्दा लागे अहिलेको व्यवस्थालाई सच्चाइनु जरुरी रहेको छ ।
मन्त्रीहरुले आफूले पाएको अधिकार प्रयोग नगरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउने गरेका हुनाले अब आफूले पाएको अधिकार प्रयोग नगरी मन्त्रिपरिषद्बाटै निर्णय गाउने कार्यलाई तत्काल बन्द गरिनु उपयुक्त हुनेछ । मन्त्रिपरिषद्को बैठकले नीतिगत निर्णय मात्र गर्ने र कस्ता निर्णयहरु नीतिगत हुन् र कस्ता निर्णयहरु नीतिगत होइनन् भन्ने छुट्याउनुपर्ने अवस्था समेत देखिएको छ । अहिलेसम्म देखिएको के हो भने मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरु नीतिगत निर्णयहरु होइनन् । स–साना निर्णयहरु समेत मन्त्रिपरिषद्ले गर्ने भएकाले त्यही खोट रहेको त्यही कारणले गर्दा त्यही भ्रष्टाचारको गन्ध आउने गरेको हामीले ठहर गरेका छौँ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports