kumari
stcnepal

पर्यटन मन्त्री आलेले गरे पशुपति क्षेत्रमा रहेको धर्मशाला होटेलको निरीक्षण

 

काठमाडौँ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् ।

आज बिहान ११ बजे पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।
बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार केहि दिन अगाडी बाहिर आएको थियो ।

 

footer