काठमाडौंको भूगोलपार्कमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो
वि.सं.२०७८ माघ २ आइतवार १४:३६
shares

काठमाडौं । काठमाडौंको भूगोलपार्कमा कार्यक्रम गरेर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा आज बिहान २४ औं राष्ट्रिय भूकम्प स्मृति सभा गरिएको हो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको पनि उपस्थिति थियो। कोरोना संक्रमण बढेका बेला थोरै मानिस उपस्थित भएर कार्यक्रम गरिएको थियो।
भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ भूकम्प सुरक्षा दिवस आज देशैभर कार्यक्रम गरी मनाइँदैछ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा विभिन्न कार्यक्रम गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।





































