सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बारको महासचिवमा एमाले निकट कोइराला निर्वाचित, बारमा एमाले निकटको बहुमत

624
shares

काठमाडौं । नेपाल बार एशोसिएसनको महासचिवमा नेकपा एमालेनिकट प्रगतिशील कानून व्यवसायी संगठन पीपीएलएले २४ वर्षपछि कमब्याक गरेको छ । पार्टी सदस्यकै हिसाबले पनि करिब २८ वर्षपछि एमालेका उम्मेदवार केदार प्रसाद कोइरालाले जितेका छन् ।

ललितपुरको करिब ५ सय मत गणना बाँकी रहँदा नेपाल बारेको महासचिवमा कोइरालाले आफ्ना प्रतिद्वन्द्वी रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेलाई २ हजार ३ सय मतले पछि पारेका कारण उनको जित निश्चित भएको हो ।कोइराला कांग्रेस एमाले गठबन्धनका उम्मेदवार विजय मिश्र प्यानलबाट महासचिव उम्मेदवार हुन भने न्यौपाने माओवादी, रास्वपा, नेकपा एस र राप्रपा गठबन्धनबाट महासचिव उम्मेदवार हुन् ।मतगणनाका पछिल्लो विवरण अनुसार महासचिवमा एमालेनिकट कोइरालाले ४ हजार ६० मत पाउँदा रास्वपानिकट न्यौपानेले १७०५ मत पाएका छन् । २०५७ सालमा सिन्धुनाथ प्याकुरेल अध्यक्ष जित्दा एमालेनिकट प्यानलबाट महासचिवमा सतिशकृष्ण खरेल निर्वाचित भएका थिए ।

त्यसयता एमालेनिकट वकिलले बारको महासचिव जित्न सकेका थिएनन् । यसबीचमा बार अध्यक्षमा शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्कीले जिते पनि महासचिवमा भने २४ वर्षपछि कोइरालाको जित भएको पीपीएलएका नेता राजाराम घिमिरेले बताए । त्यसअघि बार महासचिवमा एमालेनिकट वकिलबाट सुवास नेम्वाङ,हरिकृष्ण कार्की र अग्नि खरेलले जितेका थिए ।नेपाल बारको संगठनमा महासचिव पद महत्त्वपूर्ण मानिन्छ । यसपटक बार एशोसिएसनमा एमालेनिकट पीपीएलएको बहुमत सुनिश्चित समेत भएको छ । पीपीपएलएले महासचिवसहित चार प्रदेश उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी २५ मध्ये १३ सीट जितेको छ ।

कोशीका उपाध्यक्ष पदम लिम्बु, उपत्यकाबाट सरस्वती श्रेष्ठ, गण्डकीबाट भूपेन्द्र खनाल, सुदूरपश्चिमबाट सिद्धराज ओझा र कोषाध्यक्ष जगतबहादुर कार्कीको जित निश्चित भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports