सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमाले काठमाण्डौका पदाधिकारीहरुको पदबहाली

507
shares

 

काठमाण्डौ। नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला ,उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिवहरु तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा सहइन्चार्ज कृष्ण राई ,केन्द्रीय सदस्य तथा सहइन्चार्जहरु नारायण सिलवाल,विद्यासुन्दर शाक्य,रुपनारायण श्रेष्ठ,सरिता न्यौपाने र प्रदेस कमिटी सदस्य गणेश प्रसाद दुलाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा छैटौ जिल्ला अधिवेसनको निर्वाचन समितीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो।
त्यस्तै पद बहाली पश्चात बसेको काठमाण्डौ जिल्ला कमिटीका पदाधिकारीहरुको पहिलो बैठक बसेको थियो।
जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन,रास्ट्रीय सभा निर्वाचन,स्थानीय तहको निर्वाचन ,मातहत रहेका कमिटीहरुको कार्यालय व्यवस्थापन र कोभिड -१९ सम्बन्धि विशेष निर्देसन लगायतका विषयमा छलफल गरेर विभिन्न निर्णय गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports