सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकको नियम लत्याउँदा एनआईसी एसियाको लाभांशमा लफडा

624
shares

काठमाडौं । ठूला बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसकेका छन्। ठूला बैंकहरुले सेयरधनीलाई लाभांशसमेत पारत गरेर खातामा पठाउन थालेका छन्।

तर एनआईसी एसियाले भने राष्ट्र बैंकको नियम नमान्दा साधारणसभासमेत गर्न सकेको छैन। पुस मसान्तसम्म साधरणसभा सम्पन्न गरेर नियमक निकायलाई जानकारी नदिए जरिवानासमेत हुने गरेको छ।

गत पुस ३० गते नबिल बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले साधारणसभा गरेका थिए। दुई महिना अगाडि नै एनआईसी एसियाले सेयरधनीलाई १५।७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो। सोही प्रस्तावको निर्णय र साधारणसभाको मिति बोकेर सञ्चालक समिति नियमक निकाय राष्ट्र बैंक पुगेको थियो।

विभिन्न विषयमा विवाद भइरहने एनआईसी एसिया यसपटक भने ठूलो समस्यामा परेको छ। एनआईसी एसियाले व्याजदरदेखि ऋण उठाउन प्रयोग गर्ने हतकन्डासम्ममा आरोप लागेर विभिन्न पटक कारबाहीसमेत खेप्न परेको छ।

एनआईसी एसिया बैंकले आफ्नो हरहिसाब राष्ट्र बैंकलाई बुझाइसकेको छ। बैंकको साधारणसभा भने लाभांशका कारण रोकिएको छ। बैंकले राष्ट्र बैंकलाई आफ्नो वार्षिक प्रतिवेदन स्वीकृतिका लागि पठाएलगत्तै लाभांश घोषणा गरेपछि मुख्य समस्या आएको हो।

पुँजी कोष ११ प्रतिशत पुर्याउन प्राथमिक पुँजी र पूरक पुँजी आवश्यक रहने व्यवस्था रहेको छ। प्राथमिक पुँजी साढे ८ प्रतिशत पुग्नपर्ने व्यवस्था रहेको छ।

एनआईसी एसियाले ऋण लगानीमा तीब्रता दिएपछि पुँजी कोष साढे ८ प्रतिशत कायम गर्न सकेको छैन। सो प्रावधानअनुसार एनआईसी एसियाले लाभांश बाड्न पाउने छैन । गत वर्ष सोही समस्या आए पनि लाभांश बाड्न भने दिएको थियो।

एनआईसी एसियाले गत वर्ष पनि लाभांश बाडेकोले पाउनुपर्ने र सञ्चालक समितिबाट पास भइसकेको भन्दै राष्ट्र बैंकलाई आग्रह गरेको छ। तर नियमक निकायले सो प्रावधान भएको छैन। एनआइसी एसियाले पुँजीकोष ८.१ प्रतिशत मात्र कायम गरेको छ। बैंकले पुँजीकोष बढाउन भन्दै हकप्रद र ऋणपत्र जारी गर्न माग गरेको छ।

दोस्रो बजारमा लाग्न सक्छ धक्का

बैंकको साताको अन्तिम दिन बिहीबार प्रतिकित्ता ९१७ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार मात्रै बैंकको १ लाख १६ हजार कित्ता सेयर कारोबार भएको छ भने बैंकको ५२ हप्तामा अधिकतम १०८५ रुपैयाँ र न्यूनतम ७०१ रुपैयाँमा कारोबार भएको थियो।

बैंकले यसवर्ष गत वर्षभन्दा थोरै लाभांश घोषणा गरेको थियो। गत वर्ष २० प्रतिशत लाभांश बाँडेको बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास रहेको छ। बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने दोस्रो बजारमा पुँजीकरण भने १ खर्ब ६० लाख रुपैयाँ रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports