सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवलाई प्रधानमन्त्री देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिए

442
shares

काठमार्डौ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका छन् । मन्त्री यादवले रौतहटमा गत बुधबार आयोजित सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा। सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् ।

महामन्त्री शर्माले मन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिको उपचारको तीनवटा विकल्प रहेको बताउँदै मन्त्री यादवले भूल स्वीकार गर्दै क्षमायाचना गर्नुपर्ने वा सम्बन्धित दलले पहलकदमी लिँदै राजीनामा गर्न लगाउने वा प्रधानमन्त्रीले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्नुपर्ने बताएका हुन् ।

मन्त्री यादवले फोरमको नेतृत्वमा गौर हत्याकाण्ड भएको स्वीकार गर्दै राउतलाई पनि सोही शैलीमा हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन् –  मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति उपचार ; ३ विकल्प ! १) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना l अथवा.. २) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा l अथवा.. ३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त



उपचारका पछिल्तिर ३ कारण ! १- राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनैपर्दछ २- हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न l ३) विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न l जय नेपाल !

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports